हङकङ आईडी छ भन्दै ३ युवकलाई फसाउंने युवती पक्राउ

धनकुटा – हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन्। मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार निशाले धरानको मन्दिरमा फूलमाला गरी विक्रमलाई धनकुटाको खोकु गाविसस्थित पहिलो पतिका घरमा जन्ती लिएर आउन भनेकी थिइन्। आफूसँग हङकङको आईडी रहेको भन्दै निशाले यसअघि धनकुटा खोकु २ का २४ वर्षीय धनेन्द्र राई र जिल्लाकै बूढीमोरङ ९ का सन्तोष लिम्बूसँग बिहे गरिसकेकी थिइन्।

पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए। धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो।

पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो। विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको समाचार अन्नपूर्णपाेष्ट दैनिकमा समाचार छ।

बूढीमोरङ गाविस कार्यालयको विवाह दर्ता प्रमाणपत्रमा थर लिम्बू र ठेगाना सोही गाविस ४ रहेको प्रहरी नायबउपरीक्षक ध्रुव राउतले बताए।

हेर्नुहोस् भिडियो:

फेसबुकमा भेट भएकी हङकङ आईडी भएकी युवतीसंग बिहे गर्न मलेसियाबाट भागेर आएका युवक कसरी हिस्स परे हेर्नुहोस् भिडियो…, घरकी श्रीमतिसंग सम्बन्ध बिच्छेद गरी अर्कीसंग बिहे गरेर हङकङ जाने सपना बुनेका यि युवकलाई फेसबुकमार्फत एउटी युवतीले कतिसम्म ठगी गरे हेर्नुहोस् त।

Posted by HKNepal.com on Thursday, 4 June 2015





Comments

comments

Leave a Reply

6805