दौलत राईको बहुप्रतिक्षित नयाँ गीति एल्बम ‘लव यु अल’ को लोकार्पण

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं, सोलुखुम्बु जिल्ला सल्यान गाबिस ४ मा जन्मेका प्रतिभाशाली गायक दौलत राईले पछिल्लो समय युकेलाई आफ्नो कर्मथलो बनाउदै आएका छन्। उनै बेलायत निवासी गायक दौलत राईको बहुप्रतिक्षित नयाँ गीति एल्बम “लव यु अल” को लोकार्पण बिएफबिएस गोर्खा रेडियो काठमाडौंमार्फत प्रतक्ष्य रेडियो कार्यक्रमसहित भब्यरूपमा सम्पन्न भयो।

वरिष्ठ संगीतकार प्रकाश गुरुङको प्रमुख आतिथ्य एवं कवि गीतकार श्रवण मुकारुङको विशेष आतिथ्यतामा र अतिथिहरुमा प्रख्यात गायक राजेशपायल राई, गायिका पार्वती राई एवं प्रस्तोता समाजका महासचिव राई नवीन रहेको कार्यक्रम मा एल्बम “लव यु अल” को बिमोचन गरिएको हो

“लव यु अल” एल्बममा उत्कृष्ट ६ वटा गीतहरु समाबेश गरिएको छ जसमा आइ लव यू, हरपल आउँछ याद, शिकारी झैं फनफन, किन रोप्नु पर्यो छुरा, जोरै बिट्टे मालालगायतका गीतहरु समावेश गरिएका छन्। जसमा सुमन कार्की, रामनाथ घिमिरे, रञ्जना राई, लोकराज अधिकारी, टीका चामलिङको शब्द रचना रहेको छ भने देवेन्द्र राई, जशीहाङ राईलगायतको संगीत रहेको छ।

“लव यु अल” एल्बममा दौलतलाई गायिका मिलन अमात्यले स्वरमा साथ दिएकी छिन्। उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य उपस्थित अतिथिहरुले दौलतको जादुमय स्वरलाई प्रसंसा गर्दै चाडै नै सांगीतिक फाँटमा बेग्लै पहिचान बनाउन सक्ने बताए।

आफ्नो यस एल्वममा संग्रहित गीतहरुले श्रोताहरुको मन जित्ने विश्वास लिएका गायक दौलतले “लव यु अल”’ नेपाली सांगीतिक आकाशमा सफल हुनेमा विश्वस्त छन्। यो उनको दोश्रो एल्बम भएकोले दर्शक तथा श्रोताहरुले मन पराइ आफ्ना अमूल्य कमेन्ट दिन पनि आग्रह गरेका छन्। भबिष्यमा पनि यस्तै श्रोता दर्शकहरुको मन छुने गीतहरु लिएर नेपाली सांगीतिक फाँटमा लागि पर्ने उनी बताउंछन्। एल्बममा एकदमै राम्रा गीतहरु रहेको र श्रोताहरुको मन छुने कुरामा गायक दौलत राई ढुक्क छन्।

बिमोचन कार्यक्रमको संयोजन तथा लाइभ प्रसारण चर्चित एंकर रेडियो तथा टिभी प्रस्तोता एवं अभिनेता सरोज केसीले गरेका थिए।





Comments

comments

Leave a Reply

7260