एनआरएन बेलायत आकस्मिक राहत संकलनमा जुट्यो

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन मंसिर १। केन्टस्थित फोकस्टन लेमन लिफ रेष्टुरेन्टमा अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न गैरआवासीय नेपाली संघ, बेलायतको छैटौं कार्यसमितिको दोश्रो बैठकले ६५ जना सल्लाहकार समिति गठन गरेको छ।

अध्यक्ष गुरुङको सिफारिसमा ६ जना कोअप सदस्यहरु कृष्ण भट्टराई, कोपिला सुब्बा, मन्जु खरेल, डा. राजेन्द्र थापा, ललित गुरुङ र छविमाया पुन समेत मनोनयन गरेको छ।

नेपालमा भएको अघोषित नाकाबन्दीको सामना गर्नेभन्दै सहयोग संकलन गर्ने भएको छ। नोभेम्बर १५ तारिखमा बसेको एनआरएन बेलायतको बैठकले नाकाबन्दीबाट आहत भएका नेपालीहरुको लागि औषधीलगायतका सामानहरु खरिद गर्न आर्थिक सहयोग संकलन गर्ने निर्णय गर्दै कार्यसमितिबाट तत्काल १२ लाख १५ हजार नेपाली रूपियाँ संकलन गरेको छ।

नेपालमा भारतले गरेको नाकाबन्दीको विरुद्ध निक्कै संवेदनशिल देखिएको बेलायतबासी नेपालीहरुले भारतीय प्रधानमन्त्रीको बेलायत भ्रमणको बेलासमेत विरोध प्रदर्शन गरेको थियो।

एनआरएन बेलायत कार्यसमिति अध्यक्ष मुछेन्द्र गुरुङका अनुसार एनआरएन अन्तर्रा्ष्ट्रिय समन्वय समितिको आग्रह अनुसार ‘आकस्मिक राहत कोषका लागि आर्थिक सहयोग संकलन गर्न लागिएको हो। बैठकले संस्थाको कार्यलय तथा अन्य प्रायोजनको लागि ‘नेपाल हाउस’ बनाउने निर्णय पनि गरेको छ।

बैठकमा अध्यक्ष गुरुङले यसअघिको कार्यसमितिले अघि बढाएको परियोजनाको पूर्णताका लागि थप योजनासहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकले अध्यक्षको प्रस्ताव पारित गर्दै यसअघि बनेको ‘हाउस’ निर्माण समितिमा सल्लाहकारहरुलाई पनि सम्मिलित गराउने निर्णय गरेको छ।

बैठकले हाउसको प्रारम्भिक नक्साङ्कनको जिम्मा कार्यसमिति सदस्य इन्जिनियर राजेश पाठकलाई दिने निर्णय गरेको छ। उक्त नेपाल हाउसको प्रारम्भिक अनुमानित बजेट ३५ करोड नेपाली रुपयाँ लाग्ने अनुमान गरेको छ।

बैठकले कार्यसमिति मातहत सञ्चालन हुने अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार छनौटका लागि अध्यक्ष गुरुङ, महासचिव विजयविक्रम लिङ्देन र सचिव फडिन्द्र भट्टराई रहेको कार्यसमिति गठन गर्ने निर्णय गदैे पूर्व कार्यसमितिले गठन गरेको पत्रकारिता पुरस्कार सञ्चालक समिति भंग गर्ने निर्णय गरेको छ।

बैठकले स्कटल्याण्ड, वेल्स र आयरल्याण्डमा समेत कार्यसमितिका सदस्य संयोजक रहनेगरी शाखा विस्तार गर्ने निर्णय पनि गरेको छ। महासचिव विजयविक्रम लिङ्देनले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा खेलकुद विभाग संयोजकमा उपाध्यक्ष मास्टर राष्ट्र राई, उद्योग व्यवसाय समन्वय संयोजकमा सहकोषाध्यक्ष ललितकुमार न्यौपान, भाषा साहित्य विभागको संयोजकमा सदस्य नारायण पौडेल (गाउंले) कानुनी परामर्श तथा अनुसन्धान विभाग संयोजकमा सचिव फडिन्द्र भट्टराइ, कल्याणकारी विभागको संयोजकमा च्यारिटी प्रमुख सनतकुमार गुरुङ साथै स्किल ट्रान्सफर विभाग संयोजकमा सचिव कृष्ण तिवारी र एनआरएन बेलायतको वेवसाइट व्यवस्थापन तथा सूचना प्राविधिक विज्ञ समन्वय गर्ने जिम्मा सदस्य मिलन गुरुङलाई नियुक्त गरेको छ।

दोश्रो चरणको कार्यक्रममा पुरानो 
कार्यसमितिलाई विदाई तथा सम्मान गरिएको थियो । उक्त सत्रमा युरोप संयोजक कुल आचार्य प्रमुख अतिथी ,अतिथीहरु उपाध्यक्ष दासु पाण्डे, विधान संशोधन समितिका संयोजक गणेश इजम, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा विश्व नेपाली साहित्यका केन्द्रिय अध्यक्ष साहित्यकार विश्वासदीप तिगेलाको उपस्थित रहेको थियो।

बैठकले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सम्मेलनबाट युरोप क्षेत्रीय संयोजकमा कुल आचार्य सर्वसम्मत निर्वा्चित हुनु भएकोमा साथै विश्व सम्मेलनको क्रममा कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने राष्ट्र राई , छैटौं महाधिवेशनमा विधान संशोधन तथा परिमार्जन समितिमा योगदान दिएकोमा विधान समितिका संयोजक गणेश इजम र महासचिवको जिम्मेवारी सम्हाल्ने सहमहासचिव अर्जुन कटुवाललाई समेत धन्यवाद प्रकट गदै उच्च सम्मान गरेका थिए।

उक्त अवसरमा वेलायतको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१५ मानचेस्टरमा सगरमाथा तेक्वान्दो डोजाङ्ले हाँसिल गरेको पदकहरुको बिबरण यस प्रकार छन्। निम्न पदक विजेताहरुलाई उच्च सम्मान गरे। श्वर्ण पदक ( १, दुशब गुरुङ। रजत पदक ( ४, प्रशान्त राई, अस्मिता राई, अञ्जिला राई र एलिसा राइ। कास्य पदक ( ५, पुनम गुरुङ, मेरीरोस लिम्बु, रियाज राई, रस्मित राई र मञ्जिल पुन ।
यतिका पदकहरु जितेर सगरमाथा तेक्वान्दो डोजाङ १०० भन्दा बढि क्लबहरुमा बिसौं स्थानमा रहेको छ भने चुन्दुक्वान राष्ट्रिय प्रतियोगिता वेलायतमा यो डोजाङ (क्लब) छैटौं पटक प्रथम स्थानमा रहन सफल भएको छ।

जेन मार्सल आर्टका खेलाडीहरुले पनि प्रतियोगितामा सगरमाथा डोजाङ्कै प्रतिनिधित्व गर्दै आईरहेका छन। यस वेलायती राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१५ का खेल प्रशिक्षकहरु( रास्ट्र राई, प्रेमकुमार गुरुङ, याम सेर्चन, राजेश राई, डिल्लिराम राई र दिपक गुरुङलाई समेत विशेष सम्मान गरिएको थियो।

त्यसैगरी विभिन्न क्षेत्रबाट बेलायत समुदायलाई सहयोग गर्दै आईरहेका तथा हालै स्वदेशमा गएको भुकम्प पिडितलाई सहयोग गर्नुहुने युवापिडीका समाजसेवी सरला थापा,रविन राणा, नेपाल बेलायत सुन्दरी २०११ गौमाया लिम्बु र युवाहरु माझको चर्चित मिडिया संसारकमी लेक्स लिम्बुलाई समेत सम्मान गरेका थिए।





Comments

comments

Leave a Reply

9623