Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाँच रुपैयाँ मै बिहे

जाजरकोट, यहाँको एक जोडीले पाँच रुपैयाँको सिन्दूरमा आफ्नो विवाह सम्पन्न गरेका छन्।

खलङ्गा भेरी मालिका–२ तिमिलेका प्रेमवहादुर ओली र रुकुम नुवाकोट–२ की कमल केसी ले रु पाँचको सिन्दूर मात्र किनेर आफ्नो औपचारिक विवाह सम्पन्न भएको घोषणा गरेका हुन्।

शुक्रबार बेलुकी ती जोडीले विप्लव नेतृत्वको नेकपा (माओवादी) जाजरकोट दलको कार्यालयमा पाँच रुपैयाँको अबिर दुलही र दुलाहले एकले अर्कालाई लगाएर औपचारिक विवाह सकिएको हो। धन सम्पत्तिको होडबाजी लगाएर विवाह गर्ने चलन अन्त्य गर्दै सर्वहारा तरिकाले विवाह गरेको उनीहरूले बताएका छन्।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पार्टीका उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता थियो। रासस





Comments

comments

Leave a Reply

10010