Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मालिकले धमाधम आफ्नै बस जलाउंदै…

तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफै आगजनी गर्न थालेका छन्।


फाइल फोटो

आन्दोलनकारीले बसमा आगो लगाएको देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफै बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। रौतहटको चन्द्रपुर–८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार विहान एक यात्रुबसमा बसका कर्मचारी आफैले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ।

यस्तै घटना दुई साताअघि बाराको निजगढ–पथलैया सडक खण्डमा पनि भएको थियो। मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौडाँ चल्ने ना ४ ख ३२१६ नम्बरको बसमा आगजनी भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।

प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बिमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादु्र मल्लले बताए।





Comments

comments

Leave a Reply

10117