जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुपमा आएका एमाओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन्।
मोर्चाका नेताहरुद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको खबर नेपाल समाचारपत्र दैनिकमा छ।
प्रचण्डमाथि कुर्सी फाल्न थालिएपछि पूर्वमन्त्रीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।