Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

काठमाडौं-‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’ बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, ‘राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ ।’

आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन् । त्यसो त राजकुमार ह्यारीले पनि युद्धमैदानमा गोर्खाली साथ हुँदा आफू निकै सुरक्षित ठान्न गरेको यसअघि नै अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताइसकेका थिए।

यी दुवै धारणाले नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको बेलायतसँग सम्बन्ध सेतुका रुपमा गोर्खाली रहेको दर्शाउँछ । ‘नेपाल–बेलायत सम्बन्ध विशेष प्रकारको सम्बन्ध हो । यो नेपाल सरकार र बेलातयी सरकारको भन्दा बढी गोर्खाली र बेलायती राजदरबारबीचको सम्बन्ध हो,’ लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीले नागरिकसँग भने, ‘गोर्खा भर्तीको वैधानिकता पुष्टिका लागि भ्रमण गरिएको हो । उनको भ्रमणका कार्यक्रम पनि गोर्खा भर्तीमा बढी जाने गरेको जिल्लाहरुमा केन्द्रित छ।’

पाँचदिने औपचारिक राजकुमार ह्यारी काठमाडौं उपत्यका, बर्दियाका अतिरिक्त लमजुङ र कास्की भ्रमणमा गए । दुवै जिल्लामा गोर्खा भर्तीमा जानेको संख्या निकै छ । गोर्खा भर्तीका बारे ‘बेलायती साम्राज्यको नेपाली मोहरा’का लेखक सुवेदीले बेलायती राजसंस्थाभित्र पनि राजकुमार ह्यारी नै उपयुक्त पात्र भएको ठान्दछन् । बुधबार औपचारिक भ्रमण सकेका बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन थपे। नागरिक दैनिकमा खबर छ।

यो बसाइका क्रममा उनी भूकम्पले भत्काएको एक विद्यालय पुनर्निर्माणमा बेलायती परोपकारी संस्थासँग काम गर्नेछन् । यो उनको औपचारिक व्यक्तिगत भ्रमण हुनेछ । भ्रमणका क्रममा नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएका राजकुमार ह्यारीको पूरै कार्यक्रम स्थानीयसँग बढी संवाद हुने गरी मिलाइएको थियो।

नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्षको अवसर पारेर बेलायती महारानी एलिजाबेथको प्रतिनिधित्व गर्दै उनी नेपाल आएका हुन्।





Comments

comments

Leave a Reply

11760