Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोर्खाली लाहुरेको म्युजिक भिडियो लण्डनबाट सार्वजनिक

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
लन्डन,फोक्सटनस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक राजन लिम्बुले प्रेमघातमा आधारित ‘के भयो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमघातमा आधारित शब्द रचनालाई गायक राजन लिम्बुले डेब्यु गरेका छन् भने अल्मोदा राणा उप्रेतीले संगीत भरेका छन्।

सिजी थापाद्वारा मेकअप गरिएको भिडियोमा लिड रोलमा मोडेल श्यारन श्रेष्ठले अभिनय गरेकी छन्।

राजनले विल्कुलै फरक प्रकारको अभिनय गरिएको भिडियोलाई प्रचारको गति दिन, निर्माण समूहले गत शुक्रवार युबट्युब मार्फत सार्वजनिक गरेका छन्।

नरेन लिम्बुद्वारा निर्देशित म्युजिक भिडियोलाई ब्रायन राई र सुदेश गुरुङले खिचेका हुन् भने भिडियोलाई विनय कन्सकारले इडिट गरेका छन्।

गीतको भोकल रेकड व्रिगेड अफ व्याण्डका रिटायर्ड वारेन्ट अफिसर इन्द्र गुरुङको ‘रेन्वो साउण्ड एण्ड स्टूडियो’ बेलायतमा गरिएको हो।

“के भयो मेरो मनलाई आज अचानक के भयो,
हिजोसम्म तिमीलाई खोज्दै थियो ,
तर आज त्यो भावना कता हरायो”।

धरान निवासी गायक राजन सांगीतिक क्षेत्रमा छुट्टै धुन र ठूलो सम्भावना लिएर आईरहेको देखिन्छ साथै अहिलेको आधुनिक परिबेशमा नेपाली सांगितिक क्षेत्रमा युवा पुस्ता माँझ प्रतिभाशाली चम्किलो तारा बन्न सक्ने उनको डेब्यु भिडियोले छर्लङ्ग पारेको देखिन्छ।

गायक लिम्बु सानै उमेरबाट नेपाली गीत, संगीतप्रति अत्यन्तै रुचि राख्ने उनको प्रेरणाको स्रोत आफ्नै घरपरिवार रहेको खुलासा गरेका छन्।

गोर्खालीहरू बन्दुक चलाउन मात्र सिपालु नभई सृजनात्मक कार्यमा पनि अगाडि भएकाले लाहुरे हुनमा गर्व गर्नु पर्ने भावना पोखेका छन्।

लाहुरे परिवार भनेको बजारमा सामान किन्ने र घर भित्रमात्रै सिमित हुन्छन् भन्ने सामाजिक धारणालाई गायक लिम्बुको यस कार्यले नेपाली समाजको विचार बदल्न सक्ने विश्वसनियता संसारभरी छरिएका नेपाली आम-श्रोताहरुले सामाजिक सन्जालतिर सकारात्मक टिप्पणी गरेका छन्।





Comments

comments

Leave a Reply

11752