Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संजय खतिवडा छायांकनको क्रममा घाइते

सुर्य चन्द –
काठमाडौँ, करिब चौधबर्ष अघि चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक संजय खतिवडा हेर्दा निकै आकर्षक र मिजासिला स्वभाबका छन्।

तीन बर्ष अगाडि चलचित्र नो स्मोकिङबाट डेब्यु गरेका नायक संजय खतिवडा चलचित्र भिमदत्त हुदै अहिले नरसिम्हा सम्म आएका छन्।

अग्लो कदका नायक संजय अहिले चलचित्र नरसिम्हाको सुटिङमा ब्यस्त छन्। उनी यस चलचित्रको मुख्य भूमिकामा छन्। त्यसको साथै उनले धेरै म्युजिक भिडियोमा समेत आफ्नो अभिनय क्षमता देखाइसकेका छन्।

चलचित्र नरसिम्हाको छायांकनको शिलशिलामा दुर्घटनामा परि हात फ्याक्चर हुंदा समेत काम गरि रहेका नायक संजय आफ्नो कामप्रति सधै इमान्दार र लगाब राख्छन्।

भबिष्यमा एक कुशल नायक तथा स्टार नायक बन्ने चाहना लिएका संजय खतिवडा त्यहि अनुसार अहिले मेहनत पनि गरि रहेका छन्।

एक कुशल नायक हुनलाई हर कुरामा निपुर्ण हुनु पर्छ भन्ने कुरा राम्ररी बुझेका संजयले आफूलाई पनि त्यहि रुपमा ढाल्दै समयसापेक्ष परिबर्तन गर्दै दर्शकको चाहना अनुसार आफ्नो कला क्षमता प्रदर्शन गर्ने कुरा उनी बताउछन्।





Comments

comments

Leave a Reply

11754