हत्या आरोपमा यसरी तानिए बनमन्त्री

काठमाडौं: द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दिएको जाहेरीअनुरूप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ।

रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ।

सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि भएपछि २०६८ सालमा मृतक लामाकी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रश्न उब्जाउँदै सर्वोच्चमा रिट दिएकी थिइन्। सापकोटाविरुद्ध काभ्रे प्रहरीमा दिएको जाहेरीमा सर्वोच्चकै परमादेशअनुरूप मुद्दा नचलाइएको दाबी रिट निवेदकको थियो।

यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भिन्नै रिट दायर गरेका थिए । दुवै रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ।

एमालेका स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एक महिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई पनि मुछिएको छ।





Comments

comments

Leave a Reply

11876