खुस्बु ओली फेरि चर्चामा

काठमाडौं, गुन्डानाइके दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि चर्चामा आएकी छिन्।


फाइल फोटोः प्रम केपी अोलीसंग खुस्बु

अहिले उनी चरीका कारणले भन्दा पनि एउटा नियुक्तिका कारणले चर्चामा आएकी हुन्। चरी प्रहरी इन्कान्टरमा मारिएपछि बेपत्ता भएकी खुस्बु ओली केपी ओली प्रधानमनत्री भएपछि नेपाल भित्रिएकी थिइन्। झापा घर भएकी खुस्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक सम्बन्ध भएको उनी निकट स्रोत बताउँछ।

तिनै खुस्बुलाई उप्रधानमनत्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले समाज कल्याण परिषदको उपाध्यक्ष बनाउन लागेका छन् । परिषदका सदस्य तथा माले कार्यकर्ता नीलमणि बरालको नाम उपाध्यक्षमा लिइए पनि एकाएक खुस्बुलाई अगाडि सारिएको खबर दृष्टि साप्ताहिकले छापेको छ।

खुस्बुको नाम परिषद् उपाध्यक्षमा आएपछि एक महिनाअघिको मन्त्रिपरिषद् बैठकमा एमाओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अछामका झंकर साउदको नाम अगाडि सारेका थिए।

‘परिषदमा हाम्रो पार्टीका पनि एक जना पदाधिकारी हुनुपर्छ’ भन्दै रायमाझीले साउदको नाम प्रस्ताव गरेपछि नियुक्तिको निर्णय हुन सकेन।

झापा नै घर भएका मैनाली पनि खुस्बुको परिवारसँग निकट भएका मन्त्री हुन् । परिषद्को सदस्य सचिवमा अमेरिकी डीभीधारी नकुल बानियाँको पनि नाम छ । तर, खुस्बु ओलीको नाम विवाद भएपछि नियुक्ति प्रक्रिया नै रोकिएको छ।

प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह





Comments

comments

Leave a Reply

11878