अभिनेता सरोज खनालमार्फत भूकम्पपीडितलाई सहयोग

क्यालिफोर्निया प्रतिनिधि। नेपालमा गत २०१५ अप्रिल २५ र मे १२ गएको बिनाशकारी महाभूकम्पबाट पीडित परिवारहरुलाई सहयोग जुट्ने काम जारी छ।

यसै क्रममा पेटेलुमा, क्यालिफोर्नियास्थित श्री इन्डियन कुसिन रेस्टुराँका संचालकद्वय कमल कंडेल तथा बिष्णु रिजालले प्रमुख अतिथि बरिष्ठ अभिनेता सरोज खनाललाई भूकम्पपीडितहरुको सहयोगार्थ एक हजार डलर हस्तानान्तरण गर्नु भयो।

दाताहरुले रकम सानो भए पनि सोबाट एकै पीडित परिवारलाई पनि राहत मिल्न सके आफू सन्तुष्ट हुने कुरा बताउनु भयो। आफूलाई यति पावन जिम्वेवारी दिनु भएकोमा श्री रेस्टुराँ तथा यसका संचालक कंडेल र रिजाललाई हार्दिक धन्यवाद दिँदै उहाँहरुको बिशाल हृदय तथा मातृभूमि नेपाल प्रतिको भक्तिको मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ।

सोही अवसरमा श्री इन्डियन कुजिनका संचालकद्वय कमल कंडेल तथा बिष्णु रिजालद्वारा वाना एनएजिसिद्वारा सुरु गरिएको सोलुखुम्बुमा निर्माणाधिन समुदायिक केन्द्रको लागि पनि २०० डलर प्रदान गरिएको छ। नेपाल विश्व सहयोग संघ एन ए जि सि का सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सहर्ष स्वीकार गर्दै भवन निर्माणको घोषणा पश्चात प्राप्त सो रकम क्यालिफोर्नियामा पहिलो भएको उल्लेख गर्दै श्री इन्डियन कुजिन रेस्टुराँ र संचालकहरुप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।

पनेरुले भूकम्प पीडितहरुप्रति देखाईएको सो उदार भावना रकम भन्दा सयौँ गुणा बहुमुल्य रहेको भन्दै उपस्थित सहभागीहरुलाई दान दिने क्रम नटुटाउन आव्हान गर्नु भएको छ।

समारोह स्थल नेपालीहरुको घना बस्ती भएको सान फ्रान्सिस्को भन्दा निकै टाढा रहेको भए पनि बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि र उल्लेख्य सँख्यामा समाजसेवीहरुको उपस्थिती थियो। सो अवसरमा नायक सरोज खनाललाई स्वागत तथा अभिनन्दन गर्दै बिभिन्न वक्ताहरुले दाता कमल कंडेल र बिष्णु रिजालको भावनाको हार्दिक प्रशंसा गर्नु भएको थियो।

एन ए जि ग्लोबल टास्क फोर्सका महासचिव प्रिन्स युवराज कार्कीद्वारा संचालित कार्यक्रमको सभापतित्व श्री रेस्टुराँका संचालक कमल कंडेलले गर्नु भएको थियो। सोही अवसरमा चर्चित पप गायिका तथा बे एरियाको चेलीको रुपमा आदर र स्नेह पाएकी नलिना चित्रकार पनि सम्मानित हुनु भएको छ।

नेपाली जनसंपर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति तथा व्यवसायी पूर्ण शेर्पा, नेपाली जनसंपर्क समिति अमेरिकाका केन्द्रिय सदस्य तथा नर्दन क्यालिफोर्निया च्याप्टरका निवर्तमान सभापति एवम ब्लड डोनर्स अफ अ मेरिकाका केन्द्रिय सदस्य चन्द्र धिताल, एन ए एन सि का महासचिव कैलाश थापा, एन ए एन सि का पूर्व अध्यक्ष घन प्रशाद दबाडी, एन सि तमु समाजका पूर्व अध्यक्ष गम गुरुङ, मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, समाजसेवी टिका पुन, म्याक्स बासु, महिला नेत्री चन्डिका श्रेष्ठ तथा सुनिता लगायतले आआफ्ना धारणाहरु राख्नु भएको थियो।

कार्यक्रम पश्चात श्री इन्डियन कुजिनले संचालक बिष्णु रिजालको नेतृत्वमा तयार गरिएको स्वादिष्ट भोजन सबैको जिब्रोमा गडेको बताइएको छ। यसरी व्यवसायीहरुले आफ्नै साधन श्रोतबाट भूकम्प पीडितहरुलाई सहयोग गर्नाका साथइ निशुल्क भोजन उपलब्ध गराएकोमा संचालकद्वय कमल कंडेल र बिष्णु रिजालको सर्वत्र प्रशंसा भएको छ।





Comments

comments

Leave a Reply

11883