Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सर्वोच्च शिखरमा फहरिने भो हामी उठ्ने छौंको झण्डा

एचकेनेपाल डट कम संवाददाता –
हामी उठ्ने छौंको झण्डालाई सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराउन विश्वकिर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा बुधवार लुक्ला तर्फ प्रस्थान गर्नुभएको छ।

२४ बर्षकै उमेरमा ९ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान् कायम गरेका आरोही फुर्वालाई वि विल राईज फाउण्डेसनले मंगलवार साँझ एक कार्यक्रमको आयोजना गर्दै हामी उठ्ने छौंको झण्डा हस्तान्तरण गरेको हो।

हामी उठ्ने छौंको झण्डा हस्तान्तरण गर्दै गायिका कोमल ओलीले फुर्वाले कलिलो उमेरमा अदम्य साहस देखाएर बनाएको किर्तिमान्को प्रशंसा गर्दै आरोहणको सफलतालाई अग्रिम शुभकामना समेत दिनु भयो । फुर्वालाई नै झण्डा हस्तान्तरण गर्नुहुने अर्का नेपाली फुटबल टिमका पूर्व कप्तान एवं प्रशिक्षक राजुकाजी शाक्यले फुर्वाको आरोहणले सफलता पाउने विश्वास राख्दै शुभकामना दिनु भयो।

झण्डा हस्तान्तरण कार्यक्रममा नेपाली चलचित्रका निर्देशक निर्मल शर्मा, केशव भट्टराई, नायिका छुल्ठिम गुरुङ लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

गिनेज बुक अफ वल्र्ड रेकड्र्समा १२ वटा किर्तिमान् आफ्नो नाममा लेखाउन सफल भएका थानेश्वर गुरागाईंले कुनै कुरामा राखिने विश्व किर्तिमान् सामान्य नरहेको कारण हामीले किर्तिमानी ब्यक्तिहरुलाई सम्मान त के चिन्न समेत नसकेको बताउनु भयो।

फुर्वाले राखेको किर्तिमान् हामीले सुन्दा सामान्य लागेपनि राख्न भने निकै कठिन रहेको बताउदैं किर्तिमानी ब्यक्तिहरुलाई सबैले सम्मानको रुपमा हेर्नुपर्ने बताउनु भयो। १० औं पटकको आरोहणमा जान लागेका फुर्वाले आफुले किर्तिमान्का लागि मात्र सगरमाथाको आरोहण नगरेर नेपालमा पर्यटकहरु भित्राउन सजिलो होस् भन्नकै लागि जोखिम मोलेर सगरमाथाको आरोहण गर्ने गरेको बताए।

पछिल्लो पटक हामी उठ्ने छौंले नेपाली समाजमा निकै उल्लेखनिय कार्य गर्दै आएको कारण उक्त संस्थाको झण्डा सर्वोच्च शिखरमा फहराउने सोच आएको बताउनु भयो।

नेपालीहरु धेरै पटक विभिन्न कुरामा लडेको कारण यो झण्डामा रहेको नाराले सारा नेपालीहरुलाई माथी जान प्रेरित गर्ने देखेरै झण्डालाई शिखरमा फहराउने सोच आएको बताए।





Comments

comments

Leave a Reply

11886