गुन्डानाइके हतियारसहित पक्राउ

काठमाडौं, सर्टगन, राइफललगायत हतियार र गोलीसहित प्रहरीले मंगलबार गुन्डानाइके विश्वक्रान्ति सिंहलाई पक्राउ गरेको छ।

सानेपास्थित डेराबाट सर्टगन राइफल र एक सय ५८ राउन्ड गोलीसहित सिंह पक्राउ परेका हुन् । सिंहले ललितपुरमा गुन्डागर्दी गर्दै आएको उजुरी ललितपुर प्रहरीमा परेको खबर नयाँ पत्रिका दैनिकमा छ।

हतियारको आडमा उनले ठेक्कापट्टाबाट असुली गर्ने, व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिसन लिने तथा ग्याङफाइटमा संलग्न हुने गरेको उजुरी परेपछि प्रहरीले सिंहलाई खोजी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए।





Comments

comments

Leave a Reply

11893