साहित्य महासङ्घको नयाँ केन्द्रीय नेतृत्वको लागि निर्वाचन समिति घोषणा

गत १२ मे २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको विशेष बैठकले आगामी नयाँ नेतृत्व चयनको लागि डा. कविताराम श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति निर्माण गरेको छ ।

युकेमा रहेका डा. श्रेष्ठ संयोजक रहेको समितिमा अमेरिकावासी तथा साहित्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा= मधु माधुर्य र नेपालबाट इजरायल शाखाकी पूर्व अध्यक्ष कविता शर्मा सदस्य रहेका छन् ।

समितिले आगामी १३ जुलाई २०१६ आदिकवि भानु जयन्तिको दिन तेस्रो कार्यकालको लागि नेतृत्व घोषणा गर्दै सफथ गराउनेछन् । समितिको कार्यकाल ३ बर्ष रहने ब्यवस्था छ । साहित्यकार विश्वास दीप तिगेला -युके_ ले नेतृत्व गर्दै आएको यस महासङ्घको १७ मुलुकमा २४ शाखाहरु निर्माण भएका छन् ।


कुमार लिङदेन कसरी शक्तिशाली बने विश्लेषण सहित

राजु सुब्बा,
गत जेठ १ गतेको विरोध कार्यक्रममा सङ्घीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङदेनले सिंह दरबार घेर्न कार्यक्रममा संवेदनशिल क्षेत्र लिम्बुवानलाई दिन माग गरेका थिए ।

नेता लिंङदेनले केही दिन अघि आन्दोलनमा घाइते भएकाहरुलाई लिम्वुवानले उपचार गर्ने भाषण गरे संगै चर्चा चुलिएको थियो । को हुन त कुमार र किन यति शक्तिशाली ?
मोरङ टाढीमा जन्मिएका लिङदेन पढाईमा अब्बल विद्यार्थी थिए र उनी स्नातक तहमा पुगेपछि मात्र राजनीतिमा आएका हुन । उनलाई राजनीतिमा भित्राउने विराटनगरवार्सी विक्रम राई हुन जो अहिले काठमाडौमा एक एकेडिमी कलेज संचालन गर्छन । लिङदेन त्रिभुवन विश्व विद्यालयका गोल्डमेडलिष्ट विद्यार्थी पनि हुन । लिङदेनले तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टीको विद्यार्थी संगठनबाट यात्रा शुरु गरि पार्टीको केन्द्रीय महासचिवका कार्यभार समेत सम्हालेका थिए । माघ १९ को शाही कदमको सम्बन्धमा पार्टी नेतृत्व संग अन्तरविरोध बढेपछि सहअस्थित्ववादको नारादिई सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्च स्थापना गरि उक्त पार्टीको अध्यक्ष बने र उनको पार्टीबाट लिम्बुवानका २ र थरुहटका २ सभासद निर्वाचित थिए ।

लिङदेनलाई राम्रो साहित्यकार मानिन्छ उनका नलेखिएका कथाहरु नामक कथा संग्रह र एक कविता संग्रह प्रकाशित छन् भने उनका लेखहरु नियमित झै आउने गरेका छन् । लिङदेन संग भाषण शक्ति जति छ त्यति नै लेखन शक्ति रहेको मानिन्छ । लिङदेनले भाषण गर्दा बटुवा वा जो कसै चुपचाप सुन्ने गरेकोले उनमा कुनै देन भएको मान्नेहरु पनि छन् । उसो त लिङदेनले अहिले सम्म विवाह गरेका छैन्न । घरजम गर्न भ्याएका छैन्न । जागिर गरेका छैनन । लिङ्देनको सम्पति भनेको उनको राजनीति र फ्यानहरु मात्र हुन । उनी फूल टाइमर राजनीतिज्ञ हुन । त्यसैले पनि लिम्बुवानमा अहिले सम्म लिम्बुवानकै मुद्धा उठाएर देशविदेशमा स्थापित हुने नेता लिङदेन नै मुख्य हुन ।
लिङदेनका फ्यानहरु विश्वभर रहेका छन् । उनको पार्टीको अहिले विश्वभर २३ शाखाहरु रहेका छन् । लिम्बुवान पार्टीकाहरु लिम्वुवान राज्य भन्दा अन्य कुनैपनि विकल्पमा सोच्दैन्न । त्यसैले पनि उनका शाखाहरु भावानात्मक रुपबाट समेत बलियो संग संगठित छन् । उसो त लिम्बुवानको माग र आवाज पुरानो भएकोले लिम्बुवानका बौद्धिक अग्रजहरु लिङदेन संग प्रत्येक्ष अप्रत्येक्ष सम्पर्कमा हुन्छन् । लिङदेनको पार्टीको युके शाखा भित्र मात्र पनि १५ वटा शाखाहरु छन र युकेमा लिम्वुवानमा विश्वास गर्नेहरु लगभग २० हजार भन्दा बढि मजबुतरुपमा रहेका छन् ।

लिङदेन जिज्ञाशु र जुझारु भएको कारण उनका फ्यानहरु सिक्किम, आसाम, नागाल्याण्ड, दार्जिलिंग, भुटानमा पनि त्यति नै छन तर उनले सम्पर्क चाहि बढाएको पाइन्दैन । इतिहासमा उल्लेखित लिम्बुवान भूमिको लगभग ३० प्रतिशत भूभाग भारतको दार्जिलिङ क्षेत्रमा पर्नेभएकोले पनि लिङदेनको प्रभाव त्यसतर्फ पर्नु स्वभाविक हो ।

लिङदेनले आफ्नो राजनीति जीबनमा नजिकका नेता कार्यकर्ताहरुबाट धोकाहरु पाएका कारण पनि निक्कै कठोर निर्णय गर्नपनि पछि हटदैन्न अहिले । लिङदेन अध्ययन, निरन्तर राजनीति खटाई र अझ सम्म लिम्बुवानको मुद्धामा सधै अडिग रहनु नै उनी शक्तिशाली हुनुको मुख्य कारण देखिन्छ । उनले पहिलो पटक लिम्बुवान घर र नेपाल मेरो देश भन्ने नारा दिई लिम्बुवानले छुट्टै सार्वभौम मुलुक खोजेको होइन भन्ने सन्देश स्पष्ट दिएका थिए ।

युकेबाट मधेशी मोर्चा सम्मिलित २९ दलिय गठबन्धनको आन्दोलनमा ऐक्यबद्धता

राजु सुब्बा,
जेठ १ गते सिंह दरबार घेर्ने विशाल कार्यक्रम भईरहेको बखत मधेशी मोर्चा सम्मिलित २९ दलिय गठबन्धनको आन्दोलनमा युकेमा संचालित १२ वटा संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र महासचिव कर्म पहाडी शेर्पाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छः आदिवासी जनजाति, मधेशी, थारु, शिल्पी तथा सिमान्तकृतहरुलाई अत्यधिक अतिक्रमण गरि मास्ने, सिध्याउने, लोपउन्मुख बनाउने ब्यवस्था गरि जारी भएको ‘नेपालको संविधान’ विरुद्ध घोषित आन्दोलनमा जनजाति महासङ्घ युके ऐक्यबद्धता जाहेर गर्दछ ।

राज्यको शोषण, दमन र अत्याचारबाट पछाडि पर्न गएका समुदायहरुलाई अतिक्रमणबाट सुरक्षित गर्न तथा उनीहरुलाई माथि उकास्ने उपाय -ओखती_को रुपमा ०६२÷६३ मा ल्याईएको सङ्घीय संरचनाको अवधारणालाई ठिक उल्टो विष सरह हुनेगरि पछाडि परेका समुदायलाई झनै चाडै मास्न र लोपउन्मुख गराउन मिल्नेगरि ७ प्रदेशको संरचना बनाउने कार्य भएको छ । सवल पूर्नसंरचनाको निम्ति तत्कालिन गठित समिति र आयोगले सिफारिस गरेको १४ वा ११ राज्य÷प्रदेश बनाउनु पर्दथ्यो विडम्बना त्यसो हुन सकेन र अन्तरिम संविधानमा आदिवासी जनजाति, मधेसी लगायतका निम्ति ब्यवस्था गरिएका हक अधिकारहरु समेत हटाउने बेइमान काम गरयो । त्यस्तैगरि भूकम्पको महाविपत्तिमा तत्कालै राहत दिनपर्ने वेला पहिला संविधान जारी गर्न हस्ताक्षर गर तब मात्र राहत र पूर्ननिर्माणमा हामी जान तयार छौ भनी ब्ल्याकमेल गर्ने अहिलेको नेपाल सरकारले अन्तर्राष्ट्रमा पनि बेइज्वत कमाएको छ । त्यतिमात्र होइन विश्वास नै गुमाई सकेको हुदा अहिलेको प्रम ओली नेतृत्वको ‘कालाबजारी सरकार’ विरुद्धमा प्रत्येक सचेत नेपाली नागरिकहरुलाई उठ्न आब्हान गर्दै मधेशी मोर्चा सम्मिलित २९ दलिय गठबन्धनको आन्दोलनलाई हरप्रकारको सहयोग गर्न जनजाति महासङ्घ युके तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दछौ ।

यो राजनैतिक अधिकारको लागि आन्दोलन हो । यो राष्ट्रियतालाई एकढिक्का बनाउने शान्तिपूर्ण आन्दोलन हो । त्यसैले सरकार पक्षबाट दमन हुनुहुदैन । यदि स्वघोषित म्यादी सरकारले चरम दमन गरेको खण्डमा हामी जनताले शसक्त प्रतिकार गर्नेछौ र विश्वबाटै घृणित साथै एक्लो सरकारलाई आन्दोलनबाटै सत्ताच्युत गर्न आब्हान गर्दछौ । यो पुस्तौपुस्ता सन्ततिका निम्ति अधिकारको आन्दोलन भएकोले संविधानको पूर्नलेखन र १४ वा ११ प्रदेश रहेको संरचना बनाउदै शान्ति र समृद्धि ल्याउने यो महान अभियानमा सबैलाई सहभागी बन्न आग्रह गर्दछौ ।

आन्दोलनलाई विश्वब्यापीकरण गर्ने र नेपाल सरकारको ज्यादती भएमा यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार संगठनमा मुद्धा पुरयाउने पनि महासचिव शेर्पाले बताएका छन् । जनजाति महासङ्घ युकेमा ११ वटा जातिय उत्थान संगठन र एक महासङ्घले नै निर्माण गरेको संघीय गठबन्धन आबद्ध छन् ।





Comments

comments

Leave a Reply

12491