चट्याङ लागेर एक किशोरको मृत्यु

इनरुवा । यहाँको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।





Comments

comments

125817