बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

काठमाडौँ, १० असोज । नइ प्रकाशनले २०८० सालको कक्षा १२ को परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई तीस हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्ने निर्णय गरेको छ। मालिका माध्यमिक विद्यालयकी छात्रा बूढाले ३.२१ जीपीए प्राप्त गरेकी थिइन्।

यसैगरी, हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई पनि तीस हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्ने निर्णय गरिएको छ। सीता माध्यमिक विद्यालयकी छात्रा रोकायले ३.१५ जीपीए हासिल गरेकी थिइन्।

नइ प्रकाशनकी कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नशा विशेषज्ञ डा. कपिलदेव उपाध्यायको सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो।

नइ प्रकाशनले नेपालका विभिन्न दुर्गम क्षेत्रका सरकारी विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट हुने एक-एक जना छात्रालाई हरेक वर्ष तीस हजार रुपैयाँ राशिसहित यो विद्यापदक प्रदान गर्दै आएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तमा उल्लेख छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126452