काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले मेयर बालेन शाहको उपस्थितिमा आफ्नो पदको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की श्रेष्ठले नेपाली कांग्रेस र एमालेका प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो जित हासिल गरेकी थिइन्।
काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो।
शपथ ग्रहण समारोहमा मेयर बालेन शाहले श्रेष्ठको नेतृत्व क्षमतामा विश्वास व्यक्त गर्दै वडाको विकासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उपमेयर सुनिता डंगोलले नवनिर्वाचित वडाध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्।