शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले विवादास्पद व्यक्तित्व शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। साइबर कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीले म्याद माग गरेको थियो।

सोमबार काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ। उनीमाथि राजकुमार त्रिपाठीले साइबर कसुरको उजुरी दिएका थिए।

पाठक यसअघि पनि विभिन्न विवादमा मुछिएकी छिन्। पूर्व मन्त्री महेश बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो।

‘हनी ट्र्यापर’को रूपमा चिनिएकी पाठकले विभिन्न व्यक्तिसँग विवाह गर्ने बहानामा ठगी गर्ने गरेको आरोप छ। जानुका पाठकको नामले पनि चिनिने उनीविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरी बृत्त स्वयम्भूका डीएसपी उद्धव भाटका अनुसार थप अनुसन्धान जारी छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पनि मुद्दाको गम्भीरतालाई मध्यनजर गर्दै विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।





Comments

comments

128318