‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने..

‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने, डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा गुञ्जिने..

सन्देश श्रेष्ठ –
पोखरा, सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । वालिङ उद्योग वाणिज्य संघ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने जनाइएको छ ।

नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो श्रृंखला हुन लागेको ‘व्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । स्थानिय व्यवसायी तथा समाजसेवीहरु बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्नेछन् ।

वालिङमा हुने सेकेण्ड एडिसनसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान शुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । ९० को दशकमा उदाएर पोखरालाई व्याण्डहरुको राजधानी बनाएका यी व्याण्डहरुले सोहि विरासत फर्काउन संघका सचिव भाष्करध्वज श्रेष्ठको ‘व्याक टु नाइन्टिज’को कन्सेप्ट जन्मिएको हो । पोखराको अपार सफलतासँगै यो अभियान देशव्यापी लैजाने तयारीमा कलाकार संघ रहेको छ । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेशीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ । त्यसका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वचन दिइसकेको र केहि दिनपछि नै महानगरसँग सम्झौता हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।





Comments

comments

129663