सोल । दक्षिण कोरियाको जंगलहरूमा लागेको भीषण आगो बस्तीसम्म फैलिँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार मृतकहरू मुख्यतया ६० देखि ७० वर्ष उमेर समूहका रहेका छन्।
यस विनाशकारी घटनामा ३२ जना घाइते भएका छन् । आगलागीले १३०० वर्ष पुरानो ऐतिहासिक बौद्ध मन्दिर समेत जलेर नष्ट भएको छ । मार्च २१ देखि शुरु भएको यो आगलागीले एक हप्तामै ३५,००० हेक्टरभन्दा बढी क्षेत्र नष्ट गरिसकेको छ।
प्रतिकूल मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको छ । हुरीका कारण हेलिकप्टरबाट गरिने उद्धार कार्य समेत जोखिमपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्।