कर्फ्यू लाग्न सक्ने भन्दै अस्ट्रेलियन दूतावासले जारी गर्यो ट्राभल एडभाइजरी..

काठमाडौं। नेपालस्थित अस्ट्रेलियन दूतावासले नेपालको राजधानी काठमाडौं उपत्यकामा भोलि हुने ठूला दुई राजनीतिक विरोध प्रदर्शनको सम्बन्धमा आफ्ना नागरिकहरूलाई सतर्क रहन यात्रा सूचना जारी गरेको छ।

दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा व्यापक असर पर्ने र सुरक्षाकर्मीको ठूलो उपस्थिति रहने जनाएको छ।

विरोध प्रदर्शनको क्रममा अधिकारीहरूले छोटो सूचनामा कर्फ्यू लगाउन सक्ने भएकाले सतर्क रहन र मिडियामा आउने अपडेटहरूको निरन्तर अनुगमन गर्न दूतावासले आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।





Comments

comments

130013