गुरुङ (तमु) समाज मकाउको प्रथम अधिवेशन (लाईभ भिडियोसहित)

गुरुङ (तमु) समाज मकाउको आज सोमबार प्रथम अधिवेशन भएको छ। अधिवेशनको अौपचािरक उद्धाटन कार्यक्रमको लाईभ भिडियो हेर्नुहोस् । भिडियो जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन
जगत गुरुङ मकाउबाट
गुरुङ (तमू) समाज मकाउको प्रथम अधिवेशनले रामेन्द्र कुमारको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको सचिवमा विकास गुरुङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई छनौट गरेको छ ।

अधिवेशनले कोअर्डिनेटर सदस्यको रुपमा पूर्णबहादुर गुरुङ, नबिन गुरुङ, श्याम गुरुङ, लिलबहादुर गुरुङ, टंकप्रशाद गुरुङ, धनबहादुर गुरुङ, लेखबहादुर गुरुङ, मिलन गुरुङ, शेरबहादुर गुरुङ, अमृत गुरुङ, धनबहादुर गुरुङलाई छनौट गरेको छ ।

सह–संयोजक सदस्को रुपमा मनीकुमार गुरुङ, प्रेमबहादुर गुरुङ, लालबहादुर गुरुङ, अग्नी गुरुङ, रञ्जीत गुरुङ, तिर्थबहादुर गुरुङ, थमनबहादुर गुरुङ, दीपक गुरुङ, मिनबहादुर गुरुङ, जगेन्द्र गुरुङ, टिकप्रशाद गुरुङ, राजेश गुरुङ, दीपक गुरुङ, गंगाबहादुर गुरुङ र अनमोल गुरुङलाई छनौट गरेको छ ।

जुन १३ तारिखका दिन मकाउको हार्वर भ्यू होटालमा आयोजना भएको प्रथम अधिवेशनमा गैरआवसीय नेपाली संघका केन्द्रीय सल्लाकार एवं गुरुङ (तमू) समाज मकाउको संरक्षक त्रिलोक गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा गुरुङ (तमू) समाज मकाउका संरक्षक एवं लमजुङ समितिका भूपू अध्यक्ष दिलिप सिं गुरुङ विशेष अतिथि भई कार्यक्रममा उपस्थित हुनुभएको थियो । अन्य विशेष अतिथिहरुमा एनआरएन मकाउका अध्यक्ष मुकेशकुमार बरुवाल, मकाउ तामाङ घेदुङ संघका अध्यक्ष दोर्जे तामाङ, किरात याक्थुम चुम्लुङका अध्यक्ष अमेरिका लिम्बू, किरात राई यायोक्खाका महासचिव मंगल राई, लाली गुराँस हङकङका चेतन गुरुङ र विशाल गुरुङ उपस्थित हुनुभएको थियो ।

गुरुङ (तमू) समाज मकाउको प्रथम अधिवेशनलाई सफलपार्न हङकङ तथा मकाउबाट आर्थिक, नैतिक सहयोग प्राप्त भएको जानकारी गराइएको थियो । तमू ट्यो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङले शुभकामना संदेश पठाउनु भएको थियो त्यस्तै गरी लमजुङ सेवा समिति हङकङका विजय गुरुङले आर्थिक एवं शुभकामना संदेश पठाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि त्रिलोक गुरुङ, दिलिप सिं गुरुङ लगायतका व्यक्तिहरुले सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन पूर्ण गुरुङले र सभापतित्व रामेन्द्र गुरुङले गर्नु भएको थियो ।





Comments

comments

Leave a Reply

13028