यसरी खस्यो दुबईबाट आएको कार्गो विमान हङकङमा, दुई जनाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० अक्टोबर । दुबईबाट आएको एमिरेट्स स्काईकार्गोको बोइङ ७४७-४०० कार्गो विमान उत्तरी रनवेबाट बाहिरिएर समुद्रमा खसेको छ। यस दुर्घटनामा दुई जना सुरक्षा कर्मचारीको मृत्यु भएको छ।

सोमबार बिहान करिब ३:५३ बजे दुबईबाट आएको एमिरेट्स स्काईकार्गोको बोइङ ७४७ कार्गो विमान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी रनवेबाट बाहिरिएर समुद्रमा खसेको हो।

विमानस्थल प्रशासनका अधिकारीहरूले विमानबाट कुनै संकट सङ्केत प्राप्त नभएको जनाएका छन्। विमान रनवेमा अवतरण गर्ने क्रममा अचानक बायाँतिर मोडिएर सुरक्षा गस्ती गाडीसँग ठोक्किएर समुद्रमा खसेको हो।

दुर्घटनास्थलमा ३० वर्षीय एक जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ भने ४१ वर्षीय चालक उपचारको क्रममा अस्पतालमा बिहान ६:२६ बजे मृत्यु भएको पुष्टि भएको छ। विमानका चारै चालक दलका सदस्यहरू सुरक्षित छन्।

उत्तरी रनवे अस्थायी रूपमा बन्द गरिएको छ भने अन्य रनवे सामान्य रूपमा सञ्चालनमा छन्। विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

तस्विरः the standard.com, scmp.com





Comments

comments

133771