चन्द्रपुर(रौतहट), रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।
विस्फोटमा ६ जना कामदार घाइते भएका छन्।
सबै घाइतेका हातखुट्टा जलेका छन् । उनीहरूलाई उपचारका निम्ति वीरगन्ज पठाइएको छ । विष्फोटको कारण स्पष्ट भएको छैन। अनुसन्धान जारी रहेको प्रनाउ बस्यालले जानकारी दिए।


