युरोपमा चिसोका कारण जनजीवन प्रभावित, यातायातमा समेत अवरुद्ध

पेरिस, फ्रान्स । अत्यधिक हिमपात र चिसो हावाले बुधबार तेस्रो दिन युरोपका विभिन्न भागहरूमा यातायात अस्तव्यस्तता ल्यायो।

हिमपातका कारण यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्दा र कतिपय धावनमार्गमा समेत बाक्लो कुहिरो र हिउँ पर्दा सयौँ उडानहरू रद्द भएका छन् । उडान सेवा अवरोध हुँदा विमानस्थलमा पुगेका यात्रुहरूसमेत गन्तव्यमा पुग्न सुकेको छैनन् । चिसोका कारण पेरिस र एम्स्टर्डमका एयरपोर्टहरू सबैभन्दा बढी प्रभावित भएका छन् । डच अधिकारीहरूले भने, “समयमा उडान हुन नसक्दा एक हजारभन्दा बढी यात्रुहरू युरोपको सबैभन्दा व्यस्त केन्द्रहरू मध्ये एक शिफोलमा मंगलबार रात बिताउन बाध्य भएका थिए।”

मौसमसँग सम्बन्धित दुर्घटनाहरूमा सात जनाको मृत्यु भएको छ । महाद्वीप जाडोको अहिलेसम्मकै सबैभन्दा कडा चिसो प्रभावबाट ग्रस्त छ । हङ्गेरीको गृह मन्त्रालयले बुधबार एक महिलाको हिउँमा कार चिप्लिएर अर्को गाडीसँग ठोक्किँदा मृत्यु भएको जनाएको छ । फ्रान्समा बुधबार पनि हिउँ पर्ने क्रम जारी रहेको छ।

चिसोले फ्रान्सेली राजधानीका धेरै घरबारविहीन व्यक्तिहरूको लागि तीतो झट्का दिलाएको छ। शहरको बाहिरी इलाकामा रहेको टेन्टमा सुतिरहेका गिनीका किशोर बाउबकर कामाराले एएफपीलाई भने, “उनीसँग निरन्तर काम गर्नुको विकल्प थिएन।” “हामीले मनलाई बलियो पार्नुपर्छ, चिसोले मरिँदैन, मलाई यो थाहा छ,” १९ वर्षीयले कामाराले भने । “हामी चिसोको बारेमा केही गर्न सक्दैनौँ । यो आउँछ जान्छ । यो समयको चक्रजस्तै हो।”

चिसोका कारण स्कटल्याण्डमा सयौँ विद्यालयहरू तेस्रो दिन पनि बन्द गरिएको छ, र अधिकारीहरूले आगामी दिनहरूमा देशका केही भागहरूमा हिमआँधीको चेतावनी दिएका छन्।

थप हिम वर्षाको चेतावनी

फ्रान्सको राजधानी पेरिसको चाल्र्स डी गल विमानस्थलमा बुधबार १०० भन्दा बढी उडान रद्द गरिएको छ भने फ्रान्सको राजधानी ओर्लीमा ४० भन्दा बढी उडान रद्द गरिएको छ। फ्रान्सको लगभग आधा मुख्य भूमि हिमबर्षाको लागि सतर्क रहेको थियो र केही क्षेत्रहरूमा सडकहरूमा लरीहरू प्रतिबन्धित गरिएको थियो, ट्रक चालकहरूलाई फेरि जानको लागि अनुमतिको पर्खाइमा सडकबाट पार्किङमा बाध्य पारिएको थियो।

नेदरल्यान्ड्सको शिफोल विमानस्थलले अहिलेसम्म ७०० भन्दा बढी उडानहरू रद्द गरिएको र यो सङ्ख्या बढ्न सक्ने चेतावनी दिएको छ। ब्रसेल्स विमानस्थलले बुधबार ४० उडान रद्द गरेको पुष्टि गरेको छ भने हङ्गेरीको बुडापेस्ट विमानस्थलले रातभर २० उडान रद्द गरिएको जनाएको छ।

हङ्गेरीको राष्ट्रिय मौसम सेवा हङ्गारोमेटका मौसमविद् आन्द्रस भाज्कोले राजधानीमा विगत १५ वर्षयता सबैभन्दा बढी हिउँ परेको बताए । पूर्वानुमानकर्ताहरूले हङ्गेरीका केही स्थानहरूमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्न सक्ने बताएका छन् र छिमेकी अस्ट्रियामा आल्प्समा रातभर तापक्रम माइनस २४ डिग्री सेल्सियससम्म झरेको छ।

बेलायतमा पनि चिसो बढेको छ । अधिकारीहरूले स्कटल्याण्डका केही ग्रामीण समुदायहरू राजमार्गसँगको सम्पर्कबाट बिच्छेद् हुन सक्ने चेतावनी दिएका छन् । लन्डनलाई कन्टिनेन्टल युरोपेली सहरहरूसँग जोड्ने यूरोस्टार रेल सेवा पनि बुधबार फेरि अवरुद्ध भएका छन् । यात्रुहरूले रद्द र ढिलाइको सामना गर्नुपर्‍यो।

बाल्कन क्षेत्र हालैका दिनहरूमा भारी हिमपात र बाढीबाट प्रभावित भएको छ र सर्बियामा मंगलबार हिमआँधीले बिजुलीको तार ढलाएपछि हजारौँ अझै पनि बिजुलीविहीन छन्। अल्बानियाको बन्दरगाह सहर डुरेसमा मङ्गलबार मुसलधारे वर्षाले सयौँ घरहरू डुबाएको छ र करिब २०० मानिसहरू भाग्न बाध्य भएका थिए भने बुधबार स्थिति सहज हुँदै गएको अधिकारीहरूले बताएका छन्।

नर्डिक देशहरूले पनि हिउँसँग सम्बन्धित अराजकताको सामना गरिरहेका छन्, पूर्वी स्विडेनका अधिकारीहरूले भारी हिमपातका कारण बिजुली कटौती ‘सम्भावना’ रहेको चेतावनी दिएका छन्। पश्चिमी सहर गोथेनबर्गमा साना रेलगाडीको सेवा स्थगित गरिएको र धेरै क्षेत्रमा अधिकारीहरूले मानिसहरूलाई ड्राइभ नगर्न र सम्भव भएसम्म घरमै बस्न चेतावनी दिएका थिए।





Comments

comments

134996