क्याथे प्यासिफिकका कर्मचारीलाई १०.२ हप्ताभन्दा बढी तलब बराबर बोनस

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ फेब्रुअरी। क्याथे प्यासिफिक एयरवेजले आफ्ना कर्मचारीहरूलाई यो वर्ष हङकङका कर्मचारीहरूलाई यसअघि नै चार हप्ताको तलब बराबरको डिस्क्रेशनरी बोनस दिए पनि फेरि सन् २०२५ को प्रोफिट शेयर स्किम अन्तर्गत ६.२ हप्ताभन्दा बढी तलब बराबरको बोनस दिने घोषणा गरेको छ।

कम्पनीका सीईओ रोनाल्ड लाम सिउ-पोर ले बुधबार कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यो जानकारी दिएका छन्। उनले भनेका छन् कि पोस्ट-प्यान्डेमिक पुनर्निर्माणका क्रममा कर्मचारी संख्या बढे पनि कम्पनीको राम्रो वित्तीय नतिजा र रिकर्ड कस्टमर सन्तुष्टि स्कोरले यो सम्भव भएको हो।

ग्रुपको कस्टमर नेट प्रमोटर स्कोर (cNPS) ले सन् २०२५ मा +३४.८ को नयाँ रेकर्ड कायम गरेको छ। यो स्कोरले ग्राहकहरूको वफादारी र सिफारिस गर्ने इच्छालाई मापन गर्छ, जसले प्रोफिट शेयर पूलमा ७ प्रतिशत मल्टिप्लायर लागू भएको छ।

यो वर्ष हङकङका कर्मचारीहरूलाई पहिले नै चार हप्ताको तलब बराबरको डिस्क्रेशनरी बोनस दिए पछि प्रोफिट-शेयरसहित कुल बोनस १०.२ हप्ताभन्दा बढी तलब बराबर पुग्नेछ।

क्याथे प्यासिफिकले सन् २०२५ मा २०२४ भन्दा राम्रो प्रदर्शन गरेको अपेक्षा गरेको थियो। अब सन् २०२६ मा कम्पनीले यो गति कायम राख्दै दीर्घकालीन वृद्धिको आधार तयार पार्ने योजना बनाएको छ। यसका लागि १०० अर्ब हङकङ डलरभन्दा बढी को लगानी कार्यक्रम जारी राख्नेछ, जसले ग्राहक अनुभव सुधार्ने र हङकङलाई प्रमुख अन्तर्राष्ट्रिय उड्डयन हब बनाउने लक्ष्य राखेको छ।

एकैसाथ, सामान्य वृद्धिको चरणमा प्रवेश गर्दै कम्पनीले लागत नियन्त्रणमा कडाइ गर्ने र उत्पादकत्व बढाउने रणनीति अपनाउने बताएको छ, जसले व्यवसायलाई थप लचिलो र दिगो बनाउनेछ।





Comments

comments

135419