काठमाडौं, सर्वोच्च अदालतको आदेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्।
२०८२ भदौ २३ मा भएको जेन–जेड आन्दोलनमा प्रदर्शनकारीको मृत्यु भएको घटनामा लापरवाही गरेको आरोपमा गत चैत १४ गते उनीहरूलाई पक्राउ गरिएको थियो।
अदालतले रिमान्ड अवधि सकिएपछि थप हिरासतमा राख्न नपाउने भन्दै आज रिहा गर्न निर्देशन दिएको हो। अनुसन्धान भने जारी रहने छ। ओली र लेखक दुवैलाई उनीहरुका श्रीमतीको जिम्मा लगाइएको छ।


