Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुन तस्करी प्रकरण: विमानस्थलका एसएसपी तानिए

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ।

केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
….
[wds id=”2″]

प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले खत्रीसँग घटनाका विषयमा बुझ्नुपर्ने भएकाले फिर्ता बोलाएको जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले खत्रीलाई आइतबारदेखि प्रशासन विभागमा हाजिर हुन निर्देशन दिएको खबर खबर नागरिक दैनिकले छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

15932