सुन तस्करीमा अर्थमन्त्री महराको यस्तो छ सेटिङ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारसार हुँदै आएको छ ।

२०७३ पुस २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै कुराहरू खुल्न थालेका छन् ।

३३ किलो सुन बरामद भएको एकसातामै रसुवा नाकाबाट आएको १५ किलो सुन ०७३ पुस २९ गते राति महानगरीय प्रहर।ी वृत्त बालाजुले चमती करिडोरबाट बरामद गरेको छ । यसअघि बौद्ध प्रहरीले मंसिर १८ गते मोटरसाईकल जाँच गर्ने क्रममा १० किलो सुन बरामद गरेको थियो।

गएको पुस ६ गते रसुवामा ५ किलो सुनसहित वीरेन लामा पक्राउ परेका थिए । त्यसलगत्तै पुस १४ गते नै हाइलक्स गाडीमा लुकाएर ल्याइको अवस्वथामा महानगरीय अपराध महाशाखा टेकुले ७ किलो सुन कलंकीबाट बरामद गरेको थियो ।

पुसमै काठमाडौं पेप्सीकोलाबाट ३ किलो सुन बरादम भएको थियो । मंसिर र पुसमा मात्रै अवैध रुपमा भित्रिएको ७३ किलो सुन प्रहरीले बरामद गरेको खबर दृष्टि साप्ताहिकले छापेको छ।

यस्तो छ सुन तस्करीको जालो

गत साउन २० गते अर्थमन्त्रीको शपथ लिएलगत्तै कृष्णबहादुर महराले सुन भित्रने मुख्य नाका त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सुरुवा गरेका थिए । ती दुई नाकाबाट भित्रिएको सुन काठमाडौंबाट भैरहवा भन्सार हुँदै भारत पुराउने सेटिङ मिलाइएको रहस्य खुल्न थालेको छ।

जसका लागि भैरहवा भन्सारमा पनि मन्त्री महराले आफ्नो पार्टी निकट उपसचिव र अधिकृतलाई सुरुवा गरेका थिए।

राजश्व अनुसन्धान विभागमा सुन तस्किरीको सेटिङ गर्ने गरी एक अनुसनधान अधिकृतलाई भइसकेको सरुवा पनि रद्द गरी राखिएको खुलासा भएको छ।

सुरुपमा अवैध सुन भित्रिने नाका एयरपोर्ट भन्सारमा मन्त्री महराको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत गुणराज भण्डारी र कम्युटर अधिकृत मदनकुमार श्रेष्ठलाई सरुवा गरिएको थियो ।

त्यसपछि मन्त्री महरा र उनका निजी सचिव नेत्र पौडेलले अर्को सुन भित्रने नाका रसुवागढी भन्सारमा शाखा अधिकृत भीम आङदम्बेलाई खटाए।





Comments

comments

Leave a Reply

15936