याक्थुङ चुम्लुङ आसफोर्ड शाखालाई ६ वटा च्याब्रुङ उपहार

विश्वास दीप तिगेला –
गत १९ मार्च २०१७ का दिन मुन्धुमविद गोपीलाल लाबुङले ६ वटा च्याब्रुङ किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखालाई निशुल्क हस्तान्तरण गर्नुभएको छ।

एक समारोहको आयोजना गरि उक्त ६ वटा च्याब्रुङ हस्तान्त्रण गरिएको हो । ब्रुनाई जिआरयुमा सेवारत लाबुङले सयौको सख्यामा निर्माण गरि निशुल्क वितरण गर्दै आउनु भएको छ। उहाँले च्याब्रुङ बनाउनको लागि चाहिने काठको ढुंग्रोको लागि ब्रुनाईको उत्तम काठ प्रयोग गर्दै आउनु भएको छ भने छालाको लागि मलेशियाको लिम्बाङ, शावह र नेपालबाट समेत ल्याउने गर्नुभएको छ।

एउटा च्याब्रुङ बनाउन लगभग ६ महिना बढि समय लाग्ने गर्दछ । आफ्नो कमाईबाट समेत खर्च गरेर निशुल्क वितरण गर्नु चाहि सबैको लागि प्रेरणा भएको छ । लिबाङ कसरी च्याब्रुङ बनाउने भन्ने बारेको पुस्तक पनि लेखिरहनु भएको छ।

लाबुङले च्याब्रुङ बनाएर लिम्बु संस्कृतिको इतिहासमै नयाँ रेकर्ड कायम गर्नुभएको छ । उहाँको सम्मानमा चुम्लुङ शाखा अध्यक्ष पूर्ण मादेनले दिवाभोजको आयोजना गर्नुभएको थियो । अध्यक्ष मादेनले खदा ओडाई लिबाङ र वहाको श्रीमति धनकुमारी लिम्बुलाई सम्मान पनि गर्नुभएको थियो । हस्तान्तरण समारोहलाई पूर्व चुम्लुङ अध्यक्षद्धय सिरीप्रसाद साम्यो, डम्बर सिंघक, खेमराज मादेन र विश्वास दीप तिगेलाले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई महासचिव दिवस लिम्बुले संचालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

16860