Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा ‘स्प्रीङ म्युजिकल ब्लाष्ट’ को भब्य तयारी! मेलिना, रेवत र माला आउने…

भूमिराज राई / एचकेनेपाल डट कम –
ई-मिडिया हबको प्रस्तुतीमा अप्रिल र मे महिनामा युकेका बिभिन्न शहरहरुमा साँगितिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजनाको अन्तिम तयारी पूरा भएको छ।

नेपालका ख्याती प्राप्त लोकप्रिय कलाकारहरुको साथमा आयोजना हुने कार्यक्रम स्प्रीङ सिजनमा आयोजना गर्ने निर्णय गर्दै कम्पनिको साँगितिक कार्यक्रमको ब्याबस्थापन मिटिङ्ग १९ मार्च आइतबार अल्डर्सटको एम्पाएरमा सम्पन्न भयो।

मनोरन्जन बिभाग प्रमुख हेड अफ ईन्टरटेन्टमेन्ट सेल किसन राईका अनुसार गायक रेवत राई, नायिका माला लिम्बू र गायिका मेलिना राई कार्यक्रमका लागि युके आउने भएका छन्।

गायक तथा सँगीतकार कालीप्रसाद बास्कोटा नेपाल आईडलको निर्णायकमा बस्नु पर्ने भएकाले सबै तयारी पूरा भए पनि यो पटक कार्यक्रमका लागि युके आउन सम्भब नभएका कारण लगत्तै हुने अर्को ई-मिडिया हबको कार्यक्रममा सहभागी हुनु हुने जानकारी दिए।

स्प्रीङ म्युजिकल ब्लाष्ट लगत्तै बेलायतमा रहेका नेपाली मूलका नेपाली भाषी प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्दै आफ्नो भबिष्य निर्माणमा सहयोग पुर्याउन ई-मिडिया हबको प्रस्तुतिमा “एभरेष्ट आईडल युके गायन तथा नृत्य (डान्स) प्रतिस्पर्धा” को आयोजना गर्ने महत्वकांक्षी निर्णय पनि उक्त बैठकले सर्ब-सम्मत पारित गरेको छ।

अन्य संघ/संस्था वा ब्यक्ति र समूहद्वारा प्रस्तुत हुने कार्यक्रम वा प्रतिस्पर्धा भन्दा पृथक तथा समाजप्रति जिम्मेवार बिबिध कार्यक्रम गर्दै जाने नीति तथा कार्यक्रम अन्तर्गत हरेक बर्ष ई-मिडिया हबको आयोजनामा “एभरेष्ट अवार्ड”को आयोजना गरिने पनि निर्णय भएको छ।

बैधानिक रुपमा कम्पनी हाउसमा दर्ता भएर बिबिध कार्यक्रम गर्दै युकेमा मल्टीमिडिया र मनोरञ्जनात्मक कार्यक्रम गर्ने प्रमुख कम्पनी बनाउने लक्ष्यका साथ ई-मिडिया हबले आफ्नो भाबी कार्य योजना निर्माण गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य रहेको कुरा ईभेन्ट प्रमुख कम्पनी डाईरेक्टर नबराज राईले जानकारी दिए।

ई-मिडिया हबका तर्फबाट सूचना, समाचार र मनोरञ्जन बिधा मार्फत युकेका नेपालीहरुलाई सेवा पुर्याउने दिर्घकालिन सोंच लिएर कसरी अधिक भन्दा अधिक सबै क्षेत्रमा आफ्नो सेवा पुर्याउन सकिन्छ ? कुन तरिका र प्रकारले प्रभाबकारी रुपमा सबै सामु सेवा पुर्याउँदै पुग्न सकिन्छ ? त्यो सबै उपाय अबलम्बन गरेर अत्यधिक नेपाली माझ प्रभाबकारी रुपमा पुग्न हर प्रयास गरेर भाबी पुस्ताहरुमा नेपाली कला, सँगीत, भाषा सूचना र समाचारप्रति अभिरुची जगाउँदै नेपाली पनालाई जोगाई राख्न ई-मिडिया हबले महत्वपूर्ण भूमिका खेल्दै जाने योजना रहेको कुरा कम्पनिका चिफ एक्जेक्युटिभ अफिसर ईश्वर चाम्लिङले आफ्नो योजना जानकारी दिए।

नयाँ पुस्ता र पूरानो पुस्ता बिचको खाल्डो झन झन फराकिलो हुँदै जाने क्रम बढिरहेको बेला दुबै पुस्ता समेट्दै अगाडि बढ्न सजिलो नभएको तर असम्भब नरहेको बताउँदै हेड अफ मार्केटिङ सेल प्रेम गुरुङले कम्पनीले नयाँ र पूरानो पुस्ता दुबैलाई समेट्ने कार्यक्रमको आयोजना गर्दै जाने योजना कम्पनीको रहेको जानकारी गराए।

कलाकार समन्वयनका लागि हेड अफ ईन्टरटेन्टमेन्ट किसन राई र सि.ई.ओ. ईश्वर चाम्लिङ नेपाल जाने निर्णय गर्दै कार्यक्रम भब्य बनाउन कुनै कसर बाँकी नराख्ने निर्णय गर्दै ई-मिडिया हबको दोश्रो शृंखला “स्प्रीङ म्युजिकल ब्लाष्ट” ब्यबस्थापन मिटिङ सम्पन्न भएको थियो।





Comments

comments

Leave a Reply

16862