Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतबाट खोटाङलाई ७ एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन

भुमिराज राई – एक करोड बार्‍ह लाख छ हजार आठ सय चालिस रुपैयाको कुल बजेटमा सम्पन्न हुन गैरहेको खोटाङ युके एन्बुलेन्स प्रोजेक्टको हस्तान्तरण कार्यक्रमको लागि बेलायतबाट दाता संस्था खोटाङ सेवा समज युकेका पदाधिकारीहरु नेपाल प्रस्थान गर्ने क्रम शुरु भएको छ।

सातै जना एम्बुलेन्स ड्राइभरहरुलाई एक हप्ता लामो एड्भान्स ड्राइभिङ ट्रेनिङ दिलाउनको लागि संस्थाका सदस्य भबिन साङ्पाङ (रोसन) काठमान्डौ पुगी सक्नु भएको छ । त्यसै गरी एड्भान्स फस्ट एड (प्राथमिक उपचार) ट्रेनिङ्को लागि डा. प्रमोद कोयी पनि यही साता काठमान्डौ पुग्ने योजना रहेको स्रोतले जनाएको छ।

कार्यक्रम संयोजनको लागि प्रोजेक्ट संयोजक तथा संस्थाका उपाध्यक्ष रत्न राई महासचिब इश्वर चाम्लिङ तथा सदस्य भाज्ञवती राई पनि यही साता भित्रमा स्वदेश पुग्ने जनाइएको छ।

जिल्लाको लागि ७ वटा एम्बुलेन्सहरु र जिल्ला अस्पतालको लागि एउटा अल्ट्रा साउन्ड मेसिन प्रदान गरिने प्रोजेक्कको २३ चैत्रमा काठमाडौंमा जानकारी सभा तथा प्रेस मिट, २४ चैत्रमा एम्बुलेन्स दिक्तेल लाने र २६ चैत्र शनिबार हाट्को दिन एम्बुलेन्स हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।

प्रवासमा रहेका खोटाङेहरुले आफ्नो जन्मथलोको लागि गरिएको यो सबै भन्दा ठूलो परोपकारी सहयोग भएको कुरा खोटाङ युके एम्बुलेन्स प्रोजेक्ट समन्नयन समितिका सम्योजक जयकुमार राईले बताउनु भयो।





Comments

comments

Leave a Reply

16870