Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमुवान संयुक्त संघर्ष समितिले १७ गते पोखरामा विरोध सभा गर्ने…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, संविधान संशोधनका निम्ति षडयन्त्र गर्दै स्थानीय निर्वाचनको मिति तोक्ने सरकार विरुद्ध तमुवान संयुक्त संघर्ष समितिले चैत्र १७ गते पोखरामा प्रदर्शनका साथ विरोध सभा गर्ने भएको छ।

विगतदेखि विभेदमा पारिएका जनतालाई अधिकार प्रमुख हो, पहिचान अधिकार र तमुवानको सुनिश्चितता हुनुपर्दछ चुनाव त ज्ञानेन्द्रले पनि गरेका थिए भन्दै संविधान परिमार्जनसहित संशोधन विनाको निर्वाचन विरुद्ध शसक्त ढंगले प्रस्तुत हुने निर्णयका सहित तमुवान संयुक्त संघर्ष समितिले चैत्र १७ गते पोखरामा विरोध प्रदर्शन एवं सभा गर्ने निर्णय गरेको हो।

उक्त दिन पोखरा ११ रानीपौवास्थित दूरसञ्चार कार्यालय अघिबाट विरोध र्याली शुरु भई चिप्लेढुंगा मानवअधिकार चोकमा पुगी विरोध सभा हुने संघर्ष समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिए।





Comments

comments

Leave a Reply

16872