Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब

धादिङ, आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएका छन्।

अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राति २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको छ । त्रिपालले बेरेर बनाएको टहराबाट बालक हराएका थिए।

‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि सुताएको थिएँ’, सोमबहादुरले भने, ‘बिहानपख उठेर हेर्दा सँगै सुतेको जेठो छोरा थियो तर कान्छो ओछ्यानमा थिएन।’

काखमा रहेको छोरा हराएपछि आमा मनमाया अचेत बनेकी छन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

17373