विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ।
श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको खबर आजको कान्तिपुरमा छ।
मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन्।