त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनको विशेष डेस्क स्थापना

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं। गैरआवासीय नेपाली संघको निरन्तर अनुरोधपछि नेपाल सरकार अध्यागमन विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको छ।

गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापना गर्ने काममा आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए। यसअघि संघका उपाध्यक्ष कुल आचार्य र एनसीसी युकेले अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेललाई लण्डनमा यसबारे ध्यानाकर्षण गराउंदै एनआरएन डेस्क खोलि दिन आग्रह गरेका थिए।

डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए। सरकारले गैरआवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसंग मिलेर काम गर्ने बताए।

काठमाडौंमा आयोजित लगानी सम्मेलनमा समेत गैरआवासीय नेपालीहरुको उत्साहपूर्वक सहभागी हुने भट्टको भनाई थियो । यसरी नै अध्यागमन विभागका महानिर्देशकले विभागले गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

कार्यक्रममा अध्यक्ष भट्टसहित उपाध्यक्षद्वय कुमार पन्त, कूल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

27537