यि डाक्टर जसले कुटीकुटी मारे आफ्नै पत्नी

वीरगञ्ज – चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ।

सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा. यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको थियो । यो समाचार नागरिकमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

27540