धरान। भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।
धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट खन्याउनु गलत भएको स्थानीयको गुनासो छ।
सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन्।
विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए।