म झुपडीबाट आएकी महिला हुँ- इन्दिरा राना (भिडियोसहित)

बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगर

पशन तमू (न्युज डेस्क) / एचकेनेपाल डट कम –

हङकङ, १९ अप्रिल। पिए (प्रिजनर्स असिस्टेन्स) बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगरले हङकङका नेपाली महिलाहरुसंग आफ्ना जीवनका भोगाई र अनुभवहरु शेयर गरेकी छन्।

गैरआवासीय नेपाली संघ हङकङ महिला फोरम र नेपाल महिला संघ हङकङको आयोजना र विभिन्न संघसंस्थाका महिला विभागको सहआयोजनामा बिहीवार साँझ आयोजित कार्यक्रममा आफूले गरेका सामाजिक कामहरुबारे उनले जानकारी दिइन्।

झुपडीबाट आएकी साधारण महिला भएपनि अगाडि बढ्न मन पराउने महिला हुं, उनले भनिन्। खास गरी जेल सुधार अभियानकर्ता समेत रहेकी रानाले कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आएकी छन्।

हरेक बालबालिका अँध्यारोको जुनकिरी जस्तै प्रकाशमय हुन्छन्। त्यसैले हरेक बालबालिकालाई बाँच्न पाउने अधिकार हुनुपर्छ, उनले भनिन्।

बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेकी रानाले नेपालका विभिन्न ठाउंहरुमा बाल आवासगृह, बालगृह, ‘डे केयर’, जूनकिरी प्राथमिक स्कूल र युथ होम खोलेकी छन्।

सामाजिक बालबालिकाहरूको उद्धार र संरक्षणमा उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ बाट सम्माति गरिएको थियो। बिबिसी रेडियोले उनलाई सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी महिलाको रूपमा चुनेको थियो।

सन् २००५ मा अमेरिकाको अशोका फाउण्डेशनको अशोका फेलो, नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश २००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट राना सम्मानित भएकी छिन् ।

नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियान्ता इन्दिरा रानाले के भनिन् हेर्नुहोस् लाईभ भिडियो

फोटो / भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28374