एचकेनेपाल डट कम –
गायक तथा सामाजिक अभियन्ता धिरज राईले १० वर्षभित्र विश्वबाट बुद्धको भ्रम हटाउने अठोट गरेका छन्।
नेपालमा जन्मेका भगवान गौतम बुद्धको जन्मबारे भ्रम फैलाएको पाईएपछि त्यो भ्रम हटाउने अभियानमा धिरज लागि परेका हुन्।
कहिले बुद्धको प्रचारात्मक गीत सृजना गरेर कहिले राजधानीका ट्याक्सी र फेवातालका डुंगाहरुमा बुद्धको स्टिकर टाँसेर चर्चामा आइरहेका धिरजले पछिल्लो पटक अशोक पिलरमा बुद्धको स्टिकर टाँसेका छन्।
अशोक पिलर नै बुद्धको सबैभन्दा ठूलो प्रमाण मान्ने धिरजले अशोक स्तम्भसहित लुम्बिनीका १ सय होटेल र ५० वटा टुरिष्ट बसहरुमा बुद्धका स्टिकर टाँसेका छन्।
धिरजले नेपालका पर्यटकीय स्थानहरुमा पुगेर स्टिकर टाँस्ने अभियान चलाएका छन्। उनले बुद्धको स्टिकर २५ देशमा पुगिसकेको र अब ४० देशमा पुर्याउने तयारी भइरहेको धिरजले बताए।
धिरजले केही समयअघि अज्ञात समूहबाट बुद्धको मुर्ति तोडफोड भएको ठाउं तिलोत्तमा पुगेर निरीक्षण गरेका छन्।
जसले जुन उद्धेश्यले भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरेको भए पनि उनीहरु सजायको भागीदार रहेको उनले बताए। दोषीलाई छिटोभन्दा छिटो कारवाही गर्न उनले सम्बन्धित निकायसंग मागसमेत गरेका छन्।


