रेलको नाम के राख्ने?

फाइल फोटो

भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ।

उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन्।

चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्ने पनि चर्चा चल्न थालेको छ।

एउटा रेलको नाम ‘जनकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने? सामाजिक सञ्चालनमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।





Comments

comments

31279