आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

फाइल फोटो

सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन्।

सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ।

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

अपचलन भएको रकम चालु आव २०७६/०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको ८ प्रतिशत हुन आउँछ । समाज कल्याण परिषद्बाट आईएनजीओले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महहालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ। यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।





Comments

comments

31282