महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

कृष्णबहादुर महरा

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी(बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो।

सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय लिने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र मातृका दाहालले लेखेका छन्।





Comments

comments

32412