पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’

फाइल फोटो

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन्।

उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित बनेका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पदाधिकारीले अधयक्ष प्रचण्ड भेट्ने तयारीमा पुगेका छन्।

तत्कालीन एमालेको भागवण्डामा नियुक्त भएका उपकुलपति बास्कोटाले आधा दर्जन क्याम्पस र विभिन्न कार्यालयमा पूर्व एमाले निकट प्राध्यापकलाई नियुक्त गरेको उक्त संगठनको आरोप छ।

उक्त संगठनले तत्कालीन नेकपाको भागवण्डामा परेका विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको पदाधिकारी आफ्नो भागमा पर्नुपर्ने अडान लिई प्रचण्डलाई भेट्ने तयारी गरेको हो। यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

33291