Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नानीलाई नचिनेकासँग च्याट गर्न नदिनू

नचिनेका मानिससँग आफ्ना नानीहरुलाई फेसबुकमा च्याट गर्न नदिनुस्। तपाईंका नानीहरु अनावश्यक अपराधमा फस्नेछन्। महानगरीय साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले एनप्याब्सन केन्द्रीय कार्यालयमा स्कुलका कम्प्युटर शिक्षक तथा प्रधानाध्यापक (प्रअ)हरुलाई सचेत गराइरहेका थिए।

मंगलबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन)को कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा भेला भएका कम्प्युटर शिक्षक तथा स्कुलका प्रअहरुलाई प्रमुख रायले स्कुलका नानीलाई साइबर अपराधबारे सचेत गराउन तालिम दिए।

साइबर अपराध अनुसन्धान सेल प्रमुख रायले सहभागी आइटी शिक्षकहरुलाई विद्यार्थीले बढी समय विद्यालयमा बिताउने भएकाले शिक्षकले उनीहरुलाई कक्षामा पाठ्यक्रमका विषयबस्तु साथै साइबर अपराधबाट बच्ने उपाय, यसका कानुनी ब्यवस्था र व्यावहारिक कठिनाइबारे जानकारी गराएका थिए। रायका अनुसार कतिपयले अपरिचितसँग अनलाइन च्याटबाटै प्रत्यक्ष भेटेर विवाह गरेर अलपत्र पार्ने गरेका घटनासमेत बढेका समाचार नागरिक दैनिकमा छापिएको छ।

‘प्रहरीसम्म आएको केसका आधारमा कक्षा ७ देखि प्लस टुसम्म अध्ययनरत नानीहरु साइबर अपराधमा फस्ने गरेको देखिएको छ,’ उनले भने, ‘उनीहरु नचिनेका झुठो आइडीवालासँग अबेरसम्म च्याटमा बस्छन्, र अपराधमा फस्छन्।’





Comments

comments

3355