दुईवटै मृगौला पीडित रीतु पौडेललाई युएईबाट आर्थिक सहयोग

लालबहादुर ढेंगा / एचकेनेपाल डट कम-
दुबई, युएई। वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देशबाट टाढा रहेर विदेशको भूमिमा कार्यरत रहेता पनि कसैलाई परिआएको खण्डमा सहयोगको हात बढाउन अत्यन्तै गौरवको कुरा हो।

समाजसेवी तथा जनसम्पर्क समिति युएईकी केन्द्रीय सदस्य विमला सापकोटाले दुईवटै मृगौलाबाट पीडित भएकी रीतु पौडेललाई एउटा मृगौला पत्यारोपर्णका लागि नेपाली ८२ हजार ५ सय रुपैयां युएईबाट आर्थिक सहयोग गरेकी छिन्।

पर्वत जिल्लाको वडा नं.५, होस्रांदी गाविसमा बसोवास गरेकी २२ बर्षीय रीतु पौडेलको दुईवटै मृगौला खराब भएका कारण विगत ४ बर्षदेखि भारतको चेन्नाई (ए.एम.सी) हस्पिटालमा उपचार चलिरहेको छ । हस्पिटालले दुईवटै मृगौला पत्यारोपर्णका लागि नेपाली १६ लाख रुपैयां खर्च बताएका छन्। घरको स्थिति अत्यन्तै नाजुक तथा उपचारका लागि खर्च जुटाउन नसक्ने भएकाले अपीलको आधारमा सहयोग गरेकी हुन्।

विगत १२ बर्षदेखि युएईमा कार्यरत पर्वत जिल्लाको होस्रांदी गाविसमा जन्म भई हाल रतना नगरपालिका–१३, शान्ति टोल चितवनमा बसोबास गर्दै आएकी अति नै मिलनसार तथा सक्रिय समाजसेवी विमला सापकोटाले आफ्नो एकल प्रयासमा युएईको विभिन्न ठाउंबाट नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगबाट सो रकम जुटाउन सफल भएकी हुन्।

उक्त रकम दुबईको अल अहालिया एक्सचेन्जमार्फत काठमाण्डौंस्थित मृगौला पीडित रीतु पौडेलको आफ्नै दाजु सुमन पौडेललाई पठाई दिएको हो । रीतु पौडेलको परिवारद्धारा विमला सापकोटा तथा युएईका सम्पूर्ण सहयोग गर्नु हुने सहयोगीहरुलाई धन्यबाद समेत दिएका छन् । “सेवा नै धर्म हो” यो एउटा मानवीय सेवाका साथ उद्धार कार्यमा खटिनु भएकी विमला सापकोटाको यस कार्यलाई सह्रानीयको रुपमा लिन सकिन्छ।

एउटा महिला भएर पनि आफ्नो ड्यूटीको बावजुद विदाको दिन पारेर आफ्नै फोन र आउने जाने खर्चामा उक्त रकम संकलन गर्नमा सफल भएकी छिन् । “मैले सानो मेहनत गरेर कसैलाई जीवनदान मिल्छ भने म यस्तो कार्यहरु खुशीका साथ गर्नमा तयार छु भनेर गौरवका साथ विमला सापकोटा बताउछिन् ।” यस उद्धार कार्यमा सहयोग गर्नु हुने युएईका सम्पूर्ण सहयोगीहरुलाई बिशेष धन्यबाद समेत दिएकी छिन् । “स्मरण रहोस् यसभन्दा पहिला पनि पर्वत सेवा समाज युएईले रीतु पौडेलको लागि नेपाली ३८ हजार ५ सय रुपैयां सहयोग गरेका छन्।”





Comments

comments

3361