Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूपी स्मृति पुरस्कार कवि मोमिलालाई

एचकेनेपाल डट कम संवाददाता –
पोखरा। यस वर्षको भूपी स्मृति पुरस्कार कवि मोमिलालाई प्रदान गरिने भएको छ। भूपी जयन्ती तथा कवि गोष्ठीको अवसरमा थकालि सेवा समिति पोखराले पुस १० गते कवि मोमिलालाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो।

नेपाली कविता श्रीबृद्धिमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ५० हजार र सम्मानपत्र रहेको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शरुभक्तले पुरस्कार प्रदान गर्नेछन्। विगत ६ बर्षदेखि भूपीको स्मृतिमा कवि गोष्ठी तथा भूपी विशेष कार्यक्रम गर्दै आएको थकालि सेवा समितिले यस बर्ष पोखरामा विशेष कवि गोठीको आयोजना गर्न लागेको कार्यक्रम संयोजक समिता लुलाचनले जानकारी दिइन्। यसअघि उक्त पुरस्कारबाट पोखराकी कवि सरस्वती प्रतिक्षा पुरस्कृत भैसकेकी छन्।

प्रत्येक २ बर्षमा प्रदान गरिने पुरस्कारको राशी यसअघि बीस हजार रुपैयाँ रहेकोमा यस बर्षदेखि ५० हजार रुपैयाँ बनाइएको हो। पुरस्कारका लागि भूपीको परिवार तथा थकालि सेवा समितिले अक्षयकोष स्थपना गरेको छ। भूपीको धर्मपत्नी ओम कुमारी शेरचनको संरकक्षकत्वमा समितिले अक्षयकोषलाई बढाउनका लागि पहल गरिरहेको सदस्य मिलन शेरचनले जानकारी दिईन्।

‘कवि भूपी सिङ्गो नेपाली वाङ्मयिक क्षेत्रका कवि हुन्’, संयोजक लुलाचनले भनिन्,‘हामीले यस बर्षदेखि अझै बृहत र विशिष्ट कार्यक्रमका साथ भूपी जयन्ती मनाउन लागेका छौं।’ पुरस्कारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नियमावली मस्यौदा तयारी गर्ने काम भैरहेको बताइएको छ। भूपी जयन्तीलाई पोखरामा भव्यताका साथ सम्पन्न गर्नका लागि पोखराका वाङ्यिक संघसंस्थाहरुको सहयोग तथा समन्वय भैरहेको आयोजकले जनाएको छ। यसपटक पोखरामा हुने कवि गोष्ठीमा पोखरा तथा आसपासका केही नयाँ पुराना स्रष्टाहरुले भूपीको सम्झनामा कविता वाचन गर्नेछन्।





Comments

comments

3388