Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

परिवार नै चोरी पेशामा

नयाँ बानेश्वरको मिलन चोकनजिकै भद्रमार्गमा एउटा पूरानो दुइतले घर छ। तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका सुरेन्द्र ठाकुरले भाडामा लिएका छन्। उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

‘परिवारका सबै सदस्यलेनै करिब तीन वर्षदेखि चोरी पेसा अपनाउँदै आएका रहेछन्,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी रमेश तामाङले भने, ‘ नुनदेखि सुनसम्म जे पनि चोरी गर्दा रहेछन्।’ डिएसपी तामाङका अनुसार उनीहरूको घरबाट चोरीका तीन गाडी सामान बरामद गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रहरीका अनुसार ठाकुर परिवारको वरिपरी कसैसँग पनि चिनजान छैन। उनीहरूको गतिविधि संकास्पद लागेकाले अनुसन्धान गर्दा परिवार नै चोरीमा संलग्न रहेको खुलेको हो।





Comments

comments

3398