भीडभाडमा असावधानी आत्मघाती

फाइल फोटो

काठमाडौं – कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन्।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ।

स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमण जोखिम बढ्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई जनाबीच कम्तीमा पनि एक मिटरको दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोरोना संक्रमित फेला परेको स्वास्थ विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

37116